गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ
बिहिबार, २१ पुष, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ ।
पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको हो ।
अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइको पहिलो गन्तब्य बन्दै गएको छ । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा विद्यार्थीको आकर्षण बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले बताएका छन् । विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गरेका छन् ।
शान्त र सुरम्य वातावरणमा निर्धक्ताका साथ पठनपाठन हुने यस कलेजको भौतिक पूर्वाधार सुविधायुक्त रहेको छ । फराकिलो खेलमैदान, सुविधायुक्त कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररी विद्यार्थीहरूको लागि उपलब्ध छन् । जहाँ सुरिक्षत तवरले शान्त वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
समग्रमा, विद्यार्थीहरूको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा कलेजले कुनै सम्झौता गरेको छैन । कलेजले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हाँसिल गर्दै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावको मन जितेको कलेजले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधासम्पन्न प्रयोगशालाहरू छन् । यस कलेजले विद्यार्थीहरुको सिप विकासको लागि फिल्ड एक्सपोजर र आन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्था गरेको छ । जसबाट विद्यार्थीहरुले राम्रो इम्प्लोमेन्टको अवसर पाएका छन् । यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेका छन् । यस कलेजले स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा विगत लामो समयदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । हालै उक्त तीनैवटा कार्यक्रममा भर्ना भइरहेको यस कलेजका प्रिन्सिपल इन्जिनियर सुरानाले बताए ।
सीमित कोटामा भर्ना खुल्यो बीइ सिभिल इन्जिनियरिङ, बिइ इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा कार्यक्रम संचालनमा रहेको छ । यी कार्यक्रममा अहिले भर्ना खुलेको प्रिन्सिपल सुरनाले बताए । ‘सिमिट कोटाको लागि अहिले भर्ना खुलेको छ । भर्ना हुने विद्यार्थीहरुको लागि आवेदन फाराम अनलाइनबाट पनि लिन सकिन्छ,’ उनले भने, ‘ प्रवेश परीक्षा माघ १४ गते शनिबार रहेको छ ।’ प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भर्ना हुने उनले बताए ।
इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगर तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारतसँग विभिन्न विधामा स्तरोन्नतिको लागि हालै एमओयू गरिएको छ । एमओयूमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरको तफबाट प्रिन्सिपल अमित सुराना तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारको तर्फबाट डाइरेक्टर डा. शक्ति कुमारले हस्ताक्षर गरि कार्यान्वयन गरेको छ । यस कलेजले विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः...
पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...
धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...
विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा साधारण...
सुनसरी, १ साउन-सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले...
एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...
विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...
एजेन्सी, बैशाख ४-डा. र्यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो,...