रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

 न्यूज विराट

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।

कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको न्यानो कपडा वितरण गरेको हो ।

स्वीटरहरु एनआईसी एशिया बैंककले प्रायोजन गरेको स्वीटरहरु सो विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

स्वीटर पाएपछि विद्यार्थीहरु खुसी भएका थिए । विद्यार्थीहरूले चिसो मौसममा न्यानो र सुरक्षित महसुस गरि अध्ययनमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको थियो ।

सो अबसरमा शिक्षक र विद्यार्थीले नैतिक मूल्य मान्यताहरु सिकुन भन्ने उद्देश्यले 4–WAY TEST होर्डिङ बोर्ड पनि विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठी, गिरिजा सारडा, सुनिता अग्रवाल, कुसुम अग्रवाल, मञ्जु अग्रवाल, सन्तोष तोदी, दिप्ती तोदी, लता तोदी, नमिता टिवडेवाललगायत क्लबका पदाधिकारी र सदस्उहरुको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार

निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १ निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण...

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

आफूखुसी बजार खोल्दा कोरोना संक्रमण फैलिन सक्छः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा  कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने...

मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना पुष्टि

इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं, २१ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्