माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

 न्यूज विराट
माओवादी केन्द्र कानेपोखरी गाउँपालिका अध्यक्षमा कार्की सर्वसम्मत

विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अध्यक्षका आकांक्षी कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअघि उनी रमाइलो क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादी पार्टी तेस्रो अवस्थामा रहेको र आगामी दिनमा एमाले र काँग्रेस जस्ता राजनीतिक दलसँग प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने यसअघि नै निर्वाचित मैनालीसहित नविन राई र बद्री पोखरेल रहेका छन् । सचिवमा रोशन खत्री, सहसचिवमा हिमाल थेगिम र जनक ढकाल तथा कोषाध्यक्षमा रत्नीमाया धिमाल रहेका छन् ।

माओवादीको विधानमा पालिकामा ५५ जनाको गाउँ पालिका कमिटी रहने व्यवस्था छ । २ वर्षसम्मको कार्यकाल रहने पालिका समितिको सम्मेलन अबको एक वर्षपछि हुनेछ । पालिकाको पूर्ण बैठकमा संविधानसभा सदस्य तथा माओवादी मोरङका सहइन्चार्ज लालबहादुर सुस्लिङ मगर (सविन), माओवादी जिल्ला संयोजक विजय विश्वासलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

विराटनगर, २९ जेठ । मोरङ र सुनसरीका बाँतर(सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति कटहरीको सहयोगमा कोरोना संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री, खाद्यान्नसहित राहत वितरण गरिएको...

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ असार-आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी...

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...

चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि…

चितवन, ६ असार-चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्