१७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री, विराटनगरको तृष्णा होटललाई २० हजार जरिवना

 न्यूज विराट
१७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री, विराटनगरको तृष्णा होटललाई २० हजार जरिवना

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।
विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको हो ।

महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ग्राहकपिच्छे मूल्य फरक लिने गरेको समेत भेटिएको छ । मदिरामा पनि ९० प्रतिशत नाफा लिएर बिक्री गर्ने गरेको भेटिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।


अनुगमनका क्रममा भान्सामा फोहोर भेटिएको, पुरानो तेल प्रयोग गरिएको, कुकहरुले केश नछोपेको लगायत कमजोरी फेला पारिएको उनले बताए । अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम कसुर देखिएका कारण सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ङ) अनुसार तत्काल २० हजार जरिवाना गरेको छ । उपभोक्ताबाट एयरपोर्ट रोडमा सञ्चालित रेष्टुरेन्ट र होटलहरुले अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि अनुगमन गरिएको पौडेलले प्रस्ट्याए ।

सम्बन्धित समाचार

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

४ साउनदेखि फेरि भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

काठमाडौं, १ साउन-जल तथा मौसम विज्ञान विभागले १ हप्ताअघि नै २५ देखि २९ असारसम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भारी वर्षा हुँदा मुलुकले...

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...

मत बदर हुन नदिन विराटनगरमा नमुना मतदान

विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्ने गरी नेत्रहिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्