कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता पाउँछ : मुख्यमन्त्री राई

 न्यूज विराट
कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता पाउँछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको बताएका हुन् ।

‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भने । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताए । ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस्् वा सेतो मुसा मारे पुग्छ भनेझैं हामीलाई काम चाहिएको छ’ उनले भने ।

मुख्यमन्त्री राईले कर्मचारी जागीर खान मात्रका लागि नभई कामका लागि भएकाले सबै कर्मचारीले पाएको र दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले सरकार फेरिने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै एउटा सरकारले गरेको कामको दायित्व र जिम्मेवारी अर्को सरकारका लागि बोझ नहोस् भन्नेतर्फ कर्मचारी नै सजग हुनुपर्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले आफू सरकारको नेतृत्वमा आउनुपूर्व पूर्ववर्ती सरकारले बहुवर्षीय योजनासहितका टुक्रे योजनामा गरेको खर्चले निकै ठूलो तनाव सहनुपरेको उल्लेख गरे । ‘जोसुकैको सरकार होस् स्रोत सुनिश्चित छैन भने बजेटमा उल्लेख नगरौं भनेर कर्मचारीले भन्न सक्नुपर्छ, हैन भने अर्कालाई भार पर्छ’ मुख्यमन्त्री राईले भने, ‘म कर्मचारी वर्गलाई भन्न चाहान्छु नहुने, नमिल्ने काम छ भने निर्धक्क भएर हुँदैन भन्नुपर्छ, अनि हुने काम छ भने स–सना छिद्र खोजेर अल्झाउनु पनि हुँदैन ।’ उनले नागरिकलाई आपत्बिपद् पर्दा सरकार छिटो परिचालन भएको महशुस हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारअन्तर्गतका विभिन्न १७ वतटा मन्त्रालय तथा निकायको प्रगति विवरण प्रस्तुत गरिएको थियो । विभिन्न मन्त्रालय तथा निकायबाट प्रगति विवरण प्रस्तुत भएपछि प्रदेश नं. १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरीले प्रदेश सरकारको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार

अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो...

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक...

निर्वाचन आयोगले दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–...

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

भक्तपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

भक्तुर, १२ वैशाख-अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्