विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

 न्यूज विराट
विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो ।

बारको औपचारिक रूपमा उद्घाटन विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले गरे । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले एउटा छुट्टै स्वाद पस्किने उद्देश्यले ओए सीस लन्च एन्ड बार विराटनगरमा सञ्चालनमा ल्याएका हुन् । उनले यसअघि चितवनमा पनि होटेल व्यवसायको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठको लुम्बिनीमा पनि लुम्बिनी बुद्ध गार्डेन रहेको छ ।

‘विराटनगरमा छुट्टै स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरूलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौँ । त्यसैले ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ सञ्चालक श्रेष्ठले भने । बारमा कन्ट्रीनेटल खाना, ग्रिल चिकेन यहाँको विशेष परिकार रहेको बताइएको छ । यस बाहेक यहाँ अन्य थुप्रै परिकारहरू पाइन्छ । ओए सीस लन्च एन्ड बार दुई कट्ठा क्षेत्रफलमा रहेको छ ।

बिक्री भएको १५ प्रतिशत सामाजिक काममा
ओए सीस लन्च एन्ड बारको उद्घाटन भएको दिन बिक्री भएको आम्दानीबाट १५ प्रतिशत सामाजिक काममा खर्चिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्घाटन गरेको दिन बिक्री भएको आम्दानीको १५ प्रतिशत खर्च सामाजिक कार्यमा खर्च गर्ने सञ्चालक श्रेष्ठले बताए । १५ प्रतिशत खर्च विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा सहयोग गर्ने उनले बताए ।

सम्बन्धित समाचार

स्ववियु निर्वाचन स्थगित गरेकोमा नेविसंघको विरोध

काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कोरोना रिपोर्ट आउँदै

इलाम, १ भदौ-इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर उनी ढलेका थिए ।...

‘पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार’

काठमाडौं, १ साउन-पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरू हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन...

नेपालभर पछिल्लो २४ घण्टामा ३१६७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्