विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

 न्यूज विराट
विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् ।

विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका हुन् ।

बारको औपचारी रूपमा उद्घाटन पुस ६ गते हुने भएको छ । एउटा छुट्टै स्वाद पस्किने उद्देश्यले ओएसिस लन्च एण्ड बार विराटनगरमा संचालनमा ल्याउने अन्तिम तयारी पुरा भएको संचालक श्रेष्ठले बताए । उनले यसअघि चितवनमा पनि होटल व्यवसायको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । श्रेष्ठको लुम्बिनामा पनि लुम्विनी बुद्ध गार्डेन रहेको छ ।

‘विराटनगरमा छुट्टै स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ संचालक श्रेष्ठले भने । बारमा कन्ट्रीनेटल खाना, ग्रिल चिकेन यहाँको विशेष परिकार रहेको बताइएको छ । यस बाहेक यहाँ अन्य थुप्रै परिकारहरू पाइन्छ ।
ओएसिस लन्च एण्ड बार दुई कठ्ठा क्षेत्रफलमा रहेको छ ।

बिक्री भएको १५ प्रतिशत समाजिक काममा
ओएसिस लन्च एण्ड बारको उद्घाटन भएको दिन बिक्री भएको आम्दानीबाट १५ प्रतिशत सामाजिक काममा खर्चिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उद्घाटन गरेको दिन बिक्री भएको आम्दानीको १५ प्रतिशत खर्च सामाजिक कार्यमा खर्च गर्ने संचालक श्रेष्ठले बताए । १५ प्रतिशत खर्च विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा सहयोग गर्ने उनले बताए ।

सम्बन्धित समाचार

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

मोरङमा ४१ सहित प्रदेश १ मा ८५ संक्रमित थपिए

विराटनगर, ९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

काठमाडाैं, ११ वैशाख-भोजपुरमा पनि कोरोना भाइरस (कोविड–१९)का संक्रमित भेटिएका छन् ।हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । विदेशबाट आएका ती व्यक्तिको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । योसँगै नेपालमा...

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलाउने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय...

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्