पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म ११ हजार ७ सय ७८ जना संक्रमितहरूको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार बिहीबार १२ हजार ६ सय पाँच जनाएको नमूना परीक्षण गरिएको थियो । जसमध्ये १० हजार २६ जनाको पीसीआर र २ हजार पाँच सय ७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।
बिहीबार ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा ६३ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल १ सय ३८ जना क्वारिन्टिनमा छन् ।
बिहीबार २ लाख ६६ हजार ५ सय ४० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।