जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी
शुक्रबार, ०१ पुष, २०७९,
न्यूज विराट
विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो ।
शनिबार निर्वाचन तोकिएको छ । कोषाअध्यक्ष, संचालक समितिका महिला सदस्य र संचालक समितिका खुल्ला सदस्यमा निर्वाचन हुने भएको हो ।
कोषाध्यक्षमा उमेश गुरूङ र ढकबहादुर थापाले उम्मेदवारी दिएका छन् । ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी परेको छ । गणेश प्रसाद निरौला, गोपाल बारकोटी, मेघराज तिम्सिना, गोपाल कुमार घिमिरे, हरिप्रसाद कोइराला, अविनाश कुमार निधी, टंकबहादुर अधिकारी, सागर सुवेदी, पुष्पराज काफ्ले, शिवप्रसाद लामिछाने, दुर्गाप्रसाद पोखरेल, उमेश वस्ती, शिवलाल कटुवाल र प्रविणकुमार कार्कीले उम्मेदवारी दिएका छन् ।
यस्तै संचालक समिति महिला सदस्य पाँच जनाको लागि ६ जनाको उम्मेदवारी परेको छ । कृष्णमाया विष्ट, सावित्रा चापागाई, इन्दिरा भट्टराई, दिक्षा आचार्य, बालकुमारी लिम्बु र मीना कार्कीले उम्मेदवारी दिएका छन् । संघमा २ सय ६९ सहकारी आवद्ध रहेका छन् । उनीहरूका प्रतिनिधीले मतदान गर्न पाउनेछन् ।
जिल्ला सहकारीको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको अध्यक्षमा प्रेमप्रकाश कोइराला निर्विरोध निर्वाचित भएका छन् । २९ औं वार्षिक साधरणसभाबाट कोइराला निर्विरोध निर्वाचित भएका हुन् । उनी सुनपकुवा स्वावलम्बी साकोस उर्लाबारीमा आवद्ध रहेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी लामिछाने, सचिबमा जीवन बस्नेत, सहसचिबमा युवराज दाहाल, लेखा समिति संयोजकमा बीना राई, लेखा समिति सदस्यहरुमा खेमराज गौतम र हेमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचति भएका छन् ।
विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...
धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...
विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...
बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...
काठमाडौं, ८ असोज । राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश, त्यसका आधारमा निर्वाचन आयोगले संशोधन गरेको नियमावली र त्यसपछि दर्ता भएको नेकपा एकीकृत समाजवादी खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरू भएको...