महानगरका महिला कर्मचारीलाई ‘महिनावारी कप’ वितरण

 न्यूज विराट

विराटनगर, २५ मंसिर । विराटनगर महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई महिनावारी कप वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक कार्यक्रम गरी महानगरमा कार्यरत ४४ जना महिला कर्मचारीहरुलाई मुफ्त महिनावारी कप वितरण गरेको हो ।

सो अबसरमा प्रमुख वक्ता रहेकी रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी मेंबरशिप चेयर र रोटरी एक्शन ग्रुप मेंस्ट्रुअल हेल्थ एंण्ड हाइजीनको मैम्बर गिरिजा सारडाले महिनावारी कप सही ढंगले प्रयोग गरे वर्षौसम्म टिक्ने र प्रयोग गर्न सकिने बताइन् ।

कार्यक्रममा विराटनगर महनगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महिलाहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीले उनीहरुलाई स्वस्थ र रोगमुक्त रहन सघाउने बताए ।

महिनावारी कप वितरण कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, रोटरीयन कुसुम अग्रवाल, अनु सारडा, सपना सिंघल,सरिता गोल्छा,सुगंधा तोदी र रतन पुनम राठीलगायत क्लबका पदाधिकारी र सदस्यहरु गरि ६० जना भन्दा बढीको उपस्थिती रहेको मीडिया स्पोक्स पर्सन सपना सिंगल ले जानकारी दिइन् ।

सम्बन्धित समाचार

पोलियो दिवसको अवसरमा विराटनगरमा र्याली

विराटनगर । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विभिन्न पाँच वटा क्लबको संयुक्त आयोजनामा विराटनगरमा र्याली निकालिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको अगुवाईमा विराटनगरका पाँच वटा क्लबहरुसँग समन्वय गरि र्याली...

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित 

काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

सुनसरी प्रहरीलाई सफलता, एकै दिन ६१ जना फरार अभियुक्त पक्राउ

विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।विभिन्न अपराधमा अदालतबाट दोषी...

प्याब्सन र विराटबीच सम्झौता, सहुलियतमा उपचार हुने

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा...

इसाई समाजद्वारा बाढी पिडित दलित बस्तीमा राहत वितरण

  रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्