विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ । विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो ।
विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित गर्दै अरनिको स्कुलले उपाधि जितेको छ । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अरनीको स्कुल अगाडी रहेको छ । प्रतियोगितामा अरनीको स्कुलका विद्यार्थी उत्कृष्ट खेलाडी समेत घोषित भइन् । यस्तै गरी पुरुषतर्फको विराटनगरमा रहेको बिकेभिएम स्कुलले उपाधि जितेको छ । सगरमाथा स्कुललाई ३७–२८ अंकले पराजित गर्दै बिकेभीएम स्कुलले उपाधि जितेको हो ।
विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताए ।
विजेता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, विशिष्ट अतिथि नेपाली कांग्रेस विराटनगरका सभापती दिपक चापागाई र विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...
काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...
एमसीसी परियोजनालाई सदनबाट अनुमोदन गराउने प्रयास भइरहँदा सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमाेर्चा एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रेको छ । एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमाेर्चा शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारविरुद्ध सडक आन्दाेलनमा उत्रेकाे हाे...
विराटनगर, १० असोज । कलवार समुदायको जातिय संस्था नेपाल कलवार कल्याण महासंघको सातौ केन्द्रीय वार्षिक साधारण सभा विराटनगरमा सुरु भएको छ । विराटनगरको रामजानकी सेवा सदनमा जारी वार्षिक साधारण सभामा देश भरिका कलवार जातिहरुको सहभागीता...
काठमाडौं, २५ वैशाख-लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठाहरुलाई सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा सहभागि भएका उद्योगी...
विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । भारतबाट...
सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा...
एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...