कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

 न्यूज विराट
कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।
७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गरेका थिए । यस अघिदेखी महेशपुरमा रहेको गणेश प्राथमिक विद्यालय परिसरमा वडा कार्यालय संचालन हुँदै आएको थियो ।
गणेश प्राविको नाममा रहेको सोहि जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर ८ को टोनिका कन्सट्रक्सनले पाएको छ । भवन निर्माणको स्टिमेट रकम १ करोड १८ लाख रहेपनि निर्माण कम्पनीले ३७.११ प्रतिशत बिलो ७२ लाख २० हजार ३ सय ८६ रुपैयामा निर्माणको ठेक्का लिएको छ ।

२१ सय स्क्वायर फिटको सो भवनमा ३ कोठा १ हल र शौचालय कोठा निर्माण हुने जनाईएको छ । मंसिर १५ गते योजना शुरु भएर २०८० जेठ १५ अर्थात ७ महिना भित्र भवनको निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोहिणी आचार्यले जानकारी दिए ।

भवन निर्माणका निम्ति गाउँपालिकाले नै बजेट बिनियोजन गरेको छ । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले कटहरीमा रहेका ७ वडा वडा मध्ये वडानम्बर १ र ६ बाहेक सबै वडाहरुको आफ्नै भवन निर्माण भईसकेको जानकारी दिए ।

वडानम्बर १ मा छिट्टै भवन निर्माण सम्पन्न हुने र ६ नम्बर वडा कार्यालयकालागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनले जानकारी दिए । वडानम्बर १ का वडाध्यक्ष राजवंशीले नयाँ कार्यालय भवन निर्माण भएपछि कर्मचारीलाई सेवा प्रवाहगर्न सेवाग्राहीलाई सेवा लिन सहज हुने उनले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव पक्ष गएन, बामदेव भने सहभागी

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी भएका छन् । बिहीबार राति...

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो...

एमालेनिकट प्रेस चौतारीमा संस्थापनइतरले पाएनन् उम्मेदवारी फारम

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...

अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ। झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका...

सौर्न्दर्यकर्मी युनियन दुहबीमा गठन, अध्यक्षमा माझी

विराटनगर । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल सुनसरीको दुहबीमा नगर कमिटि गठन भएको छ । दुहबीमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल नगर कमिटिको गठन गरेको हो । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल दुहबी नगरकमिटिको...

कोशीमा सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

विराटनगर । कोशी प्रदेश सभा सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आज दिउँसो तीन बजे हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो। दिउँसो ११ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्