शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’
बुधबार, २१ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् ।
विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको रिसर्च डकुमेन्ट्री बुधबार स्कुलमा जलबायु परिर्वतन सम्बन्धी सम्मेलनमा प्रस्तुत गरेका हुन् ।
कक्षा १२ को विज्ञान संकायमा अध्ययरत अमित कुमार दास, दिपक रौनियार, निकिता अधिकारी, गरिमा यादव, नम्रता राय, आशिष रौनियार, अजित मण्डल, नजिमा बेगम, श्रेया मेहता, रोहन र पवन कुमार विष्टले जलबायु परिवर्तनको असर र सामाधनको विषयमा गरेको रिसर्च डकुमेन्ट्री कलेजमा विद्यार्थीहरूलाई देखाएका थिए ।
उनीहरूले प्रस्तुत गरेको डकुमेन्ट्रीमा जलबायु परिवर्तको कारण र सामाधानको उपायहरूको बारेमा चर्चा गरेका थिए । पृथ्वीको तापक्रम दिनहु बढदै गएको, मानिसले गरेको सुख सुविधाका माध्यमबाट जलबायु परिवर्तन भएको, जलबायु परिवर्त तिव्र गतिमा बढदै गएको, विविधामा ठूलो समस्या ल्याएको जलबायु परिवर्तनको कारणहरू डकुमेन्ट्रीबाट प्रस्तुत गरेका थिए ।
यस्तै उनीहरूले सावधानको उपायमा प्रत्येक व्यक्तिले वृक्षरोपण गरिनुपर्ने, उद्योगहरुलाई व्यवस्थित गरिनुपर्ने, हरित गृह ग्यास उत्पादनमा कमि ल्याउनुपर्ने, जलबायु परिवर्तनसँग अनुकुलम हुन प्रयास गरिनुपर्ने डकुमेन्ट्रीमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूले गहन अनुसन्धान गरेर डकुमेन्ट्री बनाएको बताए । जलबायु परिर्वतनले गरिव मुलकुमा जोखिम बढाउने उल्लेख गर्दै उनले मानवसृजित समस्या उत्पन्न गराउने बताए । जलवायु अनुकुलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने, नेपालले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्र र पर्वतीय मुलुकहरुमा परेको समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कार्यक्रम संयोजक बसन्त बस्नेत, शिक्षकहरु अनिल कुमार दास, ललित मण्डल, एलिजा शिवाकोटी, सोम प्रसाद निरौला, कलेजका निर्देशक भुपेन्द्र दाहालको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कलेजका शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए ।
चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...
विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका...
एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...
काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...
विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, १६ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाता थप गरेको छ । सोमबारबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा २४...
काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो । त्यतिञ्जेल...