विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म संचालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । पेभिलियनका ४ वटा स्टल रहने भएको छ । यस्तै प्रयोजकको १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलक परिसरका ७५, नाडा र अटोमोबाईल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहने भएको छ ।
एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था पनि गरिएको छ । एक्स्पो अवधिभरी तीन वटा फ्लाइट गर्ने तयारी गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘माउन्टेन फ्लाइटको बुकिङ्ग पनि भइसकेको छ,’ उनले भने, ‘विराटनगरबाट दिर्घकालिन रूपमा माउन्टेन फ्लाइटको व्यवस्था गर्नको लागि पनि हामीले एक्स्पोमा माउन्टेन फ्लाइट राखिएको हो ।’
एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ ।
यस बाहेक पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साँगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ । साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता हुन्छ । एक्स्पोमा फेशन शो र विराट एक्स्पो सिंङ्गिङ आइडल प्रतियोगिता पनि हुने भएको छ । उक्त प्रतियोगिताको लागि मंसिर २२ गतेबाट आवेदन खुल्ला गरिएको छ । यो प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी रहने भएकी छिन् । एक्स्पोमा रोजगार दाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । एक्स्पोमा साढे ३ करोड रुपैयाँ खर्च हुने संयोजक दुलाले बताए । एक्स्पो सकिएको महिनादिन भित्रमा हिसाव सार्वजानिक गर्ने उनले बताए । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हा । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो । स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गत १५ माघ, २९ माघ र यही ४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...
काठमाडौं, १९ साउन-सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि...
विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको...
वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...