सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

 न्यूज विराट
सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० जना र मिस्टर लिटलमा १४ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।
प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिमा विराटनगरकी अनिसा राजवंशी र विराटनगरकै केशव झा घोषित भए ।
मिस लिटलफर्तको फस्ट रनरअप सुनसरी इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहित कुमार साह भए । सेकेण्ड रनरअप मिसमा विराटनगरकी प्रतिक्षा श्रेष्ठ र मिस्टरमा आरुष दाहाल घोषित भए । थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वच्छ श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए । र्फोथ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ भए ।
मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्मायलको उपाधि विराटनगरकी स्वच्छ श्रेष्ठले जितिन भने मिस पर्सानालिटीको उपाधिमा इनरुवाकी अन्तरा सुब्बा घोषित भइन् । मिस हार्डवर्कीङको उपाधि इनरुवाकी साक्षी यादवले जितिन् । मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरीना सुबेदी, मिस फोटोजेनिकको उपाधिमा विराटनगरकी स्वर्निमा भट्टराइ घोषित भइन् । यसैगरी मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्यूट कटहरीकी हिमानी राजवंशी, मिस कन्फीडेन्ट विराटनगरकी परी नेवटीया र मिस चार्मीङ इटहरीकी अविज्ञा पोखरेल घोषित भइन् ।
यस्तै मिस्टर पपुलर, मिस्टर ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराइले जिते भने मिस्टर मल्टिमिडिया र मिस्टर फोटोजेनिकको एवार्ड आरुष दाहालले जिते । यसैगरी मिस्टर पब्लिक च्वाइस रोहित कुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार र मिस्टर क्यूट विराटनगरका प्रसुन तामाङ घोषित भए ।

प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य भिम पराजुली रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा डाक्टर अंकीता राठी अग्रवाल, मिस कोशी २०२१ का विजेता प्रशिका श्रेष्ठ, पत्रकार तथा सफल ब्यवसायी रोशन घिमिरे, गायक तथा लेक्चरर रोशन राजबंशी रहेका थिए ।
मिस्टर एण्ड मिस लिटल कोशी २०२२ का बिजेताले जनही ३०÷३० हजार, प्रमाण पत्र प्राप्त गरेका थिए । फाइनलमा पुगेका ४४ जना प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।

सम्बन्धित समाचार

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध...

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं, ३२ जेठ-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।  शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।  दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा...

पूर्वाञ्चल विद्या सदनका २६ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुललमा अध्ययरत प्रि स्कुल सकेर कक्षा १ मा गएका २६ जना विद्यार्थीहरू दिक्षित भएका छन् । स्कुलले विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी प्रि स्कुल सकेर कक्षा १...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

२४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ साउन-नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना देखिएको बताए । उनका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्