हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार
सोमबार, १२ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।
अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा हाडजोर्नीको उपचारमा पछिल्लो समय फड्को मारेको छ । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।
आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ । जोर्नी प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले बताए ।
आर्या न्यूरोमा केही दिन अगाडी मोरङको जहदा गाउँपालिका ३ की ७२ वर्षीय फुलदेवी ऋषिदेवको हिपको सफल प्रत्यारोपण गरेको छ । डा. केशीको नेतृत्वमा राजवंशीको हिपको सफल प्रत्यारोपण भएको हो । विरामीको सफल उपचार भएपछि राजवंशी अहिले मज्जाले हिडडुल गर्न सक्ने भएकी छिन् । ‘उमेर बढदै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ,’ डा. केसीले भने ।
यसैगरी आर्या न्यूरो अस्पतलामा सवारी दुर्घटनमा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेल मेरुदण्ड र ‘पेलविस’ भाचिएको थियो । अस्पतालका डा. केसीले फेलविसको सफल शल्यक्रिया गरेपछि विरामी ठिक भएर डिस्र्चाज भएका छन् ।
यसैगरी भोजपरकी ३० वर्षीय सृजना तामाङ्ग लडेर मेरुदण्डमा चोट लागेको थियो । उनको खुट्टा पनि नचल्ने भएको थियो । उनी उपचारको लागि विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो । ठिक नभएपछि आफन्तको साहारमा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । कार्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया ग¥यो । २८ दिन हस्पिटलमा बसेपछि १ मंसिरमा डिस्चार्ज भएको थियो । उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’
यसरी अस्पतालमा डा. केसी आएर हाड जोर्नी सम्बन्धी रोगीका विरामीको उपचारमा आर्यान्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि आर्या न्यूरो सफल हुँदै गएको हो । पूर्वी नेपाल र भारतीय सीमा क्षेत्रबाट आउने विरामीले हार्डजोर्नी सेवा पाउँदै आएका छन् । अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।
आर्या न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक केसीले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’ जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको उनले बताए ।
चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले...
विराटनगर, चैत २२–प्रदेश नं. १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को...
विराटनगर । विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउन कोलोनि बनाउने भएको छ । विराटनगर–१९ स्थित खोरिया क्षेत्रमा अरनिको नगर कोलोनी बनाउने भएको हो । शेयर सदस्यहरुलाई घर...
सरकारले कोरोना भाइरस संक्रमित नथपिएको जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना नपिएको बताएका हुन् । मंगलबार सनसिटीमा देखिएका संक्रमितपछि...
काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो...
एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...
विराटनगर । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित चौध जना आज औपचारिक रुपमा...
काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा...