लिटल कोशीको फाइनल शनिबार, उपाधिको लागि ४४ जनाको प्रतिस्पर्धा

 न्यूज विराट
लिटल कोशीको फाइनल शनिबार, उपाधिको लागि ४४ जनाको प्रतिस्पर्धा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताको फाइनलमा खोटाङकी रीता परियार, रंगेलीकी स्मारीका यादव, इटहरीकी अविज्ञा पोखरेल, मोरङको रतुवामाइकी अयुषा बस्नेत, इनरुवाकी अन्तरा सुब्बा, साक्षी यादव, अनिसा कुमारी मेहता, रिसिका रिजाल, एलिसा रौनियार पुगेका छन् । यस्तै विराटनगरकी परी नेवटीया, स्वर्निमा भट्टराई, आयुना राई, माही भगत, आर्यता झा, अनिसा राजवंशी, प्रतिक्षा श्रेष्ठ, स्वच्छा श्रेष्ठ, आरवी खड्का, जेनी राजवंशी, प्रियकां कोइराला, सायरा थापा, आर्यन साह, केशव झा, रोहित कुमार साह, आदर्श रौनियार, आरोन राज श्रेष्ठ, आरुष दाहाल, समरुद्ध यादव, प्रसुन तामाङ, बिबेक नेवटीया, मारुती कुमार मण्डल, अभियान श्रेष्ठ, भविष्य चौधरी, परिस्कृत आचार्य फाइनलमा पुगेका छन् ।
यसैगरी पथरीका सार्थक भट्टराइ, राजबिराजका आरज्ञा मंडल, भोजपुरबाट कटरीना सुबेदी, सुवासना श्रेष्ठ, कटहरीकी हिमानी राजवंशी, उदयपुरका आलिया शाही ठकुरी, सोलुखुम्बुबाट रिहाना राउत, बुढीगंगाकी मेघा कुमारी शर्मा, जहदाबाट श्रेया राजवंशी र झोराहाटकी स्नेहा साह फाइनलमा पुगेका छन् ।
प्रतियोगिताको बिजेता हुने मिस्टर र मिस लिटलले जनही ३०÷३० हजार रुपैयाँको साथै आकर्षक गिफट ह्याम्परहरू पाउने जय मिडिया मेनेजमेन्टका चेयरम्यान तथा कलाकार जय राज रायले जानकारी दिए ।

सम्बन्धित समाचार

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा 'साेचेर आउन समय' दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् । वरिष्ठ...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

गुजरातको रासायनिक कारखानामा विस्फोट

भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा...

लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ

महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्