मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

 न्यूज विराट
मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले जनाएको छ । मामाको हत्या गरेको आरोपमा प्रहरीले पाँचकोटीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ हो ।

प्रहरीका अनुसार महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा बहिनीका छोरा सुजनले राति ११ः४० बजेतिर बाम्फोकले प्रहार गरेको खुलेको डीएसपी श्रेष्ठले बताए ।

निद्रामा रहेका बेला बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका राति १ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले हत्यामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन ।

‘हत्या नै गर्नुपर्ने त्यस्तो कुनै कारण देखिँदैन,’ डीएसपी श्रेष्ठले भने, ‘उनीहरुबीचमा कुनै पुरानो रिसईबी रहेको वा कुनै विवाद भएको पनि पाइएन ।’ अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनले बताए ।

सम्बन्धित समाचार

धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिक भन्दा मानसिक पीडाले धेरै दुःख दियो’

धनगढी, २१ वैशाख-कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ५ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन । तर, परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी १ महिलाको...

कांग्रेस मोरङले सुरु गर्यो कोरोना भाइरसबारे सचेतना अभियान

विराटनगर, चैत १०–नेपाली कांग्रेस मोरङले कोराना भाइरसबारे सचेतना अभियान सुरू गरेको छ । कांग्रेसको विभिन्न तहबाट आएको सुझावका आधारमा मोरङ कांग्रेसले सचेतना अभियान सुरू गरेको हो । मोरङ काग्रेसका सभापति डिगबहादुर लिम्बूका अनुसार प्रचारप्रसारलाई व्यापक...

व्हाइट हाउसमा पहिलो पटक मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

एजेन्सी, बैशाख ३०-अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन् । यसलाई व्हाइट हाउसका कर्मचारीले मास्कको प्रयोगबारे सन्देश दिएको रुपमा हेरिएको...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

र्यापिड डाइग्नोष्टिक टेस्टबाट ५ सय ५५ जनाको परिक्षण

विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...

सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्टवाला त्रिशूल

एजेन्सी । भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको छ । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्