बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

 न्यूज विराट
बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् ।

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा मौन जुलुस भएको थियो । मोरङ व्यापार सङ्घको परिसरबाट सुरु भएको मौन जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेर विराटनगरस्थित राष्ट्र बैंक प्रदेश १ कार्यालयको गेटमा कोणसभामा गरिएको थियो ।

कोणसभामा व्यवसायीहरूले आर्थिक तथा वित्तीय अवस्था बिगार्न भूमिका खेलेको भन्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरे ।


व्यापार सङ्घका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र प्रकाश मुन्दडासहित परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले गभर्नर अधिकारीले मार्ग प्रशस्त गरेर योग्य तथा सक्षम व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व सुम्पनुपर्ने माग गरे ।
‘कि त बैंकको बढ्दो ब्याजदरलाई रोक्न सक्नुप¥यो’, पूर्व अध्यक्ष शारडाले भने, ‘गभर्नरज्यूले अहिलेको परिस्थिति थेग्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेर अर्को योग्य तथा सक्षम नेतृत्वलाई अवसर दिनुप¥यो । अन्यथा यही स्थिति विद्यमान रहेमा केही समयअघि श्रीलङ्काका जनताले उच्च पदस्थ व्यक्तिलाई कोठाबाट निकालेर कारबाही गरेको जस्तै अवस्था आउनेछ ।’
उद्यमी शारडाले राष्ट्र बैंकले सच्चिएर बढ्दो ब्याजको समस्यालाई समाधान नगरे गभर्नरको राजीनामाको एक सूत्रीय माग राखेर देशभरिका व्यवसायी सडकमा ओर्लने चेतावनी दिए ।


उनले नेतृत्वमा रहेको व्यक्तिको भिजनले नै संस्था चलेको हुन्छ भन्ने चर्चा गर्दै भिजन र इच्छाशक्ति नभएको नेतृत्वले पद ओगटेर बस्नु नहुने धारणा प्रकट गरे । अर्का पूर्व अध्यक्ष मुन्दडाले राष्ट्र बैंक नै सबै व्यापारिक बैंकको अभिभावक भएको उल्लेख गर्दै राष्ट्र बैंकको नेतृत्वले परिस्थितिलाई काबुमा राख्न सके मात्र कुर्सीमा बस्न मिल्ने नभए मार्गप्रशस्त गरिदिनु पर्ने आग्रह गरे ।

पूर्व अध्यक्ष मुन्दडाले राष्ट्र बैंकले चाहने हो भने मुद्दती ब्याज तत्काल १० प्रतिशतभन्दा तल आउने चर्चा गर्दै अहिलेको चर्को ब्याजदरबाट उत्पन्न परिस्थितिको स्वामित्व राष्ट्र बैंकले लिनुपर्ने धारणा प्रकट गरे । ‘एउटा संस्थाले मात्र कमाएर अरू चाहिँ सडकमा आउँछन् भने अन्तमा सबै सडकमै आउनुपर्ने अवस्था हुन्छ । त्यसैले सरकार र राष्ट्र बैंक समयमा नै गम्भीर हुनुपर्छ,’ उनले भने ।

परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले नेपालका बैंकले पहिलेका साहु महाजन र अहिलेका मिटरब्याजीले भन्दा ४ गुना बढेर ब्याज असुलिरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले बैंकको यो शोषणलाई सरकार र राष्ट्र बैंकले संरक्षण दिएको बताए ।
‘हामी राष्ट्र बैंकलाई आजका मितिले १५ दिनको अल्टिमेटम दिन्छौँ । त्यसपछि पनि हाम्रो चर्को ब्याजको समस्या समाधान नभए पूर्वबाट सुरु भएको आन्दोलनले देशव्यापी रूप लिनेछ । विदेशी मुलुकका आन्दोलनकारीले शासक र उच्च पदस्थलाई लखेटेको जस्तो अवस्था आउनेछ,’ उनले भने । अध्यक्ष घिमिरेले परिस्थितिको सामना गर्न नसक्ने हो भने गभर्नर अधिकारीले तत्काल पद छाड्नु उपयुक्त हुने जिकिर गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले देशका नेता र शासकलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, बहुमत, दुई तिहाइ सबै दिए पनि उनीहरूले केही नदिएको धारणा राखे । ‘हामीले सबै आन्दोलनमा साथ दियौँ । हरेक चुनावमा मद्दत गर्‍यौँ। तर देशका शासक र नेताले बैंकको चर्को ब्याजलाई साथ दिएर सीमित संस्था पोस्ने काम मात्र गर्नुभयो,’ उनले भने ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायी मङ्सिर १५ सम्म पर्खिएर बसिरहेको जानकारी दिँदै मङ्सिर राष्ट्र बैंकले गर्ने रिभ्यूमा पनि समस्या समाधान नगरिए विकराल परिस्थिति उत्पन्न हुने बताए । उनले आगामी मङ्सिर १५ भित्र चुनाव भएर नयाँ सरकार पनि बनिसक्ने चर्चा गर्दै त्यसपछि पनि यही अवस्था रहिरहेमा मुलुकको अवस्था श्रीलङ्काको जस्तो हुने विचार व्यक्त गरे ।

सुयशले भने, ‘देशमा चरम आर्थिक मन्दी छ। यस्ता वेलामा सरकार र राष्ट्र बैंकले बुद्धि पु¥याउन सकेनन् भने देशका जनताले श्रीलङ्काको जनताको स्वरूप धारण गर्न सक्छन् ।’
कोणसभापछि व्यापार सङ्घका अध्यक्ष रिजाल, उद्योग सङ्गठनका अध्यक्ष प्याकुरेल र परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले राष्ट्र बैंक प्रदेश १ का प्रमुख मीना पाण्डेलाई ज्ञापन पत्र दिएका थिए ।

सम्बन्धित समाचार

केरल विमान दुर्घटना : मृतकको १८ संख्या पुग्यो, २५ को अवस्था गम्भीर

एजेन्सी, साउन २४-भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको संख्या १८ पुगेको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरू कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा...

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु, ट्रकमा आगजनी

विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको...

दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, मन्त्रीहरुले दिए राजिनामा

विराटनगर । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्