शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

 न्यूज विराट
शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

भोजपुर । नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्तश्वेत पत्र आज सार्वजनिक गरेका हुन् ।

तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । त्यस्तै प्रदेश सभातर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्ग बहादुर (प्रेम) कार्की उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० पुस-प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि...

मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूको माग

विराटनगर, ७ चैत । मोविलाइजेशन रकम २० प्रतिशत कायम गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश १ को १३ औं साधारणसमा निर्माण व्यवसायीहरूले मोसिवलाईजेशन शुल्कमा एकरुपता ल्याइ २० प्रतिशत बनाउन...

तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं, जेठ ३-दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...

६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व साक्षरता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले दिवसको अवसर पारेर विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो ।  आठ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्