विराटनगर । विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो । नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सह–अध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् ।
सामाजिक र राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो टिप्पणी पनि गरिरहन्छन् । त्यसो त एउटा राजनीतिक कार्यकर्ताको दायित्व निर्वाहमा मात्रै सिमित भने उनी छैनन् । सामाजिक सन्जालमा पछ्याउने हरेकले उनका बारे थाहा पाउने अर्को पाटो पनि छ, नेपालका हरेक साँस्कृतिक चाडपर्वहरुप्रतिको उनको लोभलाग्दो लगाव र अनुकरणीय सहिष्णु शैली उनको विशेषता हो । त्यसैले मुस्लिम समुदायका उनी आफ्नो पर्वहरु त मनाउँछन् नै, मुलुकभित्र मनाइने अन्य पर्वहरु, संस्कृतिहरुमा पनि उत्तिकै सक्रियतापूर्वक सहभागी हुन्छन् ।
‘मलाई आफ्नो जातीय संस्कृति, संस्कारप्रति गौरवबोध छ’ हरेक शुक्रबार मस्जिदमा गएर नमाज पढ्ने आलम भन्छन् ‘त्यतिकै श्रद्धा मलाई अन्य जातीय र सांस्कृतिक चलनहरुप्रति पनि छ । इद होस् या दसैं, नेपाल सम्वत होस् वा उधौली सबै पर्वहरु हाम्रा संस्कृतिका धरोहरहरु हुन् । हाम्रा लागि यी सबै पर्वहरु श्रद्धायोग्य धरोहर हुन्। त्यसैले यी सबैमा मेरो उस्तै उत्साहको तहमा सहभागिता रहन्छ ।’ त्यसो त उनी आफ्नो जातीय संस्कृतिले निर्धारण गरेका हरेक नियमको कडाईपूर्वक पालना पनि गर्छन् । त्यसबाहेक नेपालका हिन्दूहरुले मनाउने चाडपर्वहरुमा पनि उत्तिकै लगावपूर्वक सहभागी हुन्छन् । त्यही भएर उनी कहिले चेलीबेटीहरुबाट रक्षाबन्धनमा ‘राखी’ लगाइरहेका हुन्छन् भने तिहारमा तिनै चेलीबेटीहरुबाट टीका र आशिर्वाद थापिरहेका भेटिन्छन् भने छठको रमाइलोमा पनि रमिरहेका भेटिन्छन् । उनी किरात समुदायका ज्वाइँ हुन् ।
विराटनगरकै सन्जु राईसँग वैवाहिक यात्रा अघि बढाइरहेका उनी दसैंमा मान्यजनहरुबाट हरेक वर्ष टीका थाप्छन् । तिहारमा उनले टीका लगाउने चेलीबेटीको संख्या नै आधा दर्जनभन्दा बढी छ । ‘मेरा चेलीबेटीहरुको आशिर्वाद रक्षाबन्धन र तिहारमा मैले अपेक्षा गर्ने सबैभन्दा महत्वपूर्ण पक्ष हो’, आलमले थपे ‘दसैंमा मान्यजनहरुको आशिष र आफन्तजनहरुसँगको मेलमिलाप अर्को आकर्षक पक्ष लाग्छ ।’ मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव छ। राजनीतिमा ‘सार्वजनिक खपत’ को शैली ह्वात्तै बढेको छ ।
अहिले चुनावका बेला त झनै उम्मेद्वारहरु धान काट्न खेतैमा पस्ने, कसैले आँगन बढारिदिने गरेका दृश्य पनि देखिन्छन् । राजनीतिमा सम्भावना भएका युवा नेता आलमले भने राजनीतिमा नलाग्दै यी सबै चाडपर्वहरु मनाउन तालिसकेका थिए । उनी यी हरेक पर्वहरुमा बाल्यकालदेखि नै सहभागी हुँदै आएका छन् । फरक यत्ति हो, त्यसबेला उनको यो शैली सानो घेरामा सिमित थियो । जब उनले राजनीतिक र सामाजिक परिचय बनाए, उनको यो शैलीको चर्चा अन्यत्र पनि फैलिँदै गयो । ‘मैले बाल्यकालदेखि नै दशैं र तिहार मनाउँदै आएको हुँ’, उनले भने, ‘मलाई नेपालका हरेक चाडपर्वहरू आफ्नो लाग्छन्। कुनै पनि धर्म संस्कृतिले अन्य समुदायको धर्म संस्कृतिलाई निषेध गर्दैन, हाम्रा धर्म संस्कृतिहरु आपसी मेलमिलाप, एकता र सहकार्यका पर्याय हुन् ।’ वसिम सक्रिय युवा राजनीतिज्ञ मात्रै होइनन्, उत्तिकै सक्रिय सामाजिक अभियन्ता पनि हुन् ।
बाढीको विपद् होस् अथवा कोरोनाको कहर, गरिब र असहायहरुका लागि दरिलो साथी बनेर उनी र उनको टिम उभिँदै आएको छ । विराटनगर क्षेत्रमा उनले कोरोनाकालमा गरेको कामको चर्चा अहिले पनि सार्वजनिक वृत्तमा हुने गर्छ । कोरोना कालमा सर्वसाधारण घरभित्र थुनिएका बेला विपन्न, असहाय र मजदुरलगायत कैयौँ परिवारलाई हातमुख जोर्न हम्मे–हम्मे परेको बेला उनको नेतृत्वमा उनीहरुलाई खाना खुवाउने काम हप्तौंसम्म चलेको थियो । हाम्रो अभियानमार्फत उनको नेतृत्वको टिमले खाना खुवाउनुको अतिरिक्त लत्ताकपडा प्रदान गर्ने कामसमेत गर्दै आएको छ । अभियान अहिले पनि निरन्तर छ । माक्र्सवादी विचारका पक्षपाती आलम सक्नेले नसक्नेका लागि केही गर्नु नै प्रमुख कुरा हुने बताउँछन् । माक्र्सवादीहरु धर्म संस्कारविरोधी हुन्छन् भन्ने आरोपको पनि खण्डन गर्दै उनी थप्छन् ‘निरन्तर जनतामाझ रहनु, उनीहरुकै कुरा सुन्नु, उनीहरुबाटै सिक्न्ु, उनीहरुसँगै रमाउनु माक्र्सवादको निर्देशन हो । साँस्कृतिक उत्सवहरु त्यसैका एक कडी हुन् । हो, अन्धविश्वासबाट चाहिँ हामी जोगिनुपर्छ ।’
विराटनगर, जेठ ३२–राष्ट्रियताका सवालमा जोडदार रुपले आवाज उठाउँदै आएका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संविधान संशोधनमा मतदान गर्न नपाउँदा दुःख लागेको बताएका छन् । गृह जिल्ला मोरङमै रहेका सांसद मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा संशोधनमा मतदान...
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...
एजेन्सी, फागुन ८–जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर...
जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् । उनले वर्ष/वर्ष दिनमा सरकार फेर्न बानी परेकाहरूलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गरे...
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...
विराटनगर, बैशाख १५–विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारण देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा...
विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...