६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले
शनिबार, २९ असोज, २०७९,
न्यूज विराट
विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो । प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्रहरीले प्रहरीको ब्यान्ड बाजाबाट करिब एक घण्टा ब्याण्डले विभिन्न बाजगाजासहित प्रस्तुती दिएको थियो । उनीहरूले आधा दर्जन बढी ब्यान्ड बाजाबाट देशभत्ती गीतको धुन बजाएर मनोरञ्जन प्रदान गरे ।
प्रदेश प्रहरीले ६७ औँ प्रहरी दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
प्रदेश डिआइजी सुदिप गिरीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४१ जना प्रहरी अधिकृत तथा जवानहरूले रक्तदान गरेका थिए । सोमबार बिहान प्रदेश प्रहरी कार्यालयमा विभिन्न कार्यक्रम गरी ६७ औँ प्रहरी दिवस मनाउने तयारी गरिएको छ ।
विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...
विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल...
विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...
विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...
काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा...
विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...