तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

 न्यूज विराट
तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।
रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका मंगलबार दिउँसो बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ । त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ ।
भारतबाट भन्सारले गरेर विद्युतीय सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर जाँच गरेको थियो ।


भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको विद्युतीय सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ ।

बरामद पटका प्रहरीले नष्ट गर्ने गरेको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनि प्रदूषण हुने गरेको छ । त्यसबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा आदिवासी दिवसमा शुक्रबार विदा

विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रीपरिषदको...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

२४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सयनजिक

काठमाडौं, ३० साउन-शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट...

बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय...

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । सुनसरीको बराह क्षेत्रमा करेन्ट लागेर एक जनााको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका—६ जब्दी की ३७ बर्षीया सरस्वती श्रेष्ठ रहेकी छिन् । आइतबार राति साढे सात बजेतिर घर अगाडीको...

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्