रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो मस्तिष्क पक्षाघात दिवस

 न्यूज विराट

विराटनगर, २३ असोज । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व मस्तिष्क पक्षाघात दिवस मनाएको छ ।

विराटनगर आदर्श माविस्थित सिपि डे केयर सेन्टरमा बालबालिकाहरुसँग विश्व मस्तिष्क पक्षाघात दिवस मनाएको हो ।

सो अबसरमा क्लबले मस्तिष्क पक्षाघात भएका १५ जना बालबालिकाहरुलाई रोटरी प्रतिक, क्लबको नाम छापिएको टिसर्टहरु, स्वच्छता किटहरु, उपहार ह्याम्परहरु र खेलौनाहरु वितरण गरेको थियो ।

उक्त अबसरमा सिपि सेन्टरलाई हरियो बेलुनले सजाएर, केक काट्दै गीत संगीतहरु बजाएर बालबालिकाहरुले मनोरञ्जनसमेत गरेको क्लबकी रेखा राठीले जानकारी दिइन् ।

सो अबसरमा क्लबका पदाधिकारी, सदस्यहरु र बालबालिकाका अभिभावकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप सुरु, पुलिसलाई हराउँदै भुटान क्वाटरफाइनलमा

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा आरटिएफसी क्वाटरफाइनलमा...

महानगरस्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु

विराटनगर / विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तेक्वाण्डो खेलको विकास...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्