तेह्रथुमकी बिनीता लिम्बु भइन् मिस कोशी

 न्यूज विराट
तेह्रथुमकी बिनीता लिम्बु भइन् मिस कोशी

विराटनगर। तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् ।

मिस कोशीको बिजेता भएकी बनितालाई गत वर्षको बिजेता प्रशिका श्रेष्ठले ताज लगाइदिइन् ।

प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधि खोटाङकी चाँदनी राई घोषित भइन् । फस्ट रनरअप धनकुटाकी मुना लिम्बु, सेकेण्ड रनरअप दहबीकि सृजना लुईटेल र थर्ड रनरअप भोजपुरकी सपना राई भइन् ।

मिस पर्सानालिटी र मिस मल्टिमिडियाको उपाधि सुनसरी रामधुनीकी भावना राईले जितिन भने मिस पब्लिक च्वाइसको उपाधि भोजपुरकी सपना राईले जितिन् । मिस पपुलर विराटनगरकी बबिता राय, मिस ट्यालेन्ट धनकुटाकी नुमाफुङ लिम्बु, मिस फोटोजेनिक चाँदनी राई भइन् । यसैगरी मिस स्मायल सपना राई, मिस डिसिप्लिन बनिता लिम्बु, मिस इन्टेलेक्ट सृजना लुइटेल, मिस क्याटवाक इनरुवाकी श्रुति कुमारी उराव र मिस हियर लेटाङकी स्मृती लामा घोषित भइन् ।

प्रतियोगिताको प्रमुख अतिथि सुनसरी प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा नेपाल निर्मता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक श्रीदेव बिएल (बावुराम अर्याल), कानुन व्यवसायी चुडामणी अचार्य, डा. सुलव सापकोटा रहेका थिए ।
मिस कोशीको बिजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्तगरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माकाे दुर्घटनामा मृत्यु

काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...

घट्यो ब्रोकर कमिसन, बढीमा ०.४ प्रतिशत मात्रै लिन पाउने

काठमाडौं, १० पुस-लगानीकर्ताको लामो संघर्षपछि धितोपत्र बोर्डले शुक्रबारबाट धितोपत्र दलाल ब्रोकरले लिने कमिसन घटाएको छ । शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै अब लगानीकर्ताको कारोबारअनुसार थोरैमा ०.२७ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमिसन लिन सक्ने व्यवस्था गरेको हो...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

टी –२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेश विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले...

गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकालविरुद्ध पाँच दिन म्याद थप

विराटनगर, १६ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध जिल्ला अदालत मोरङले अनुसन्धानका लागि म्याद दिन म्याद थप गरेको छ । बुधबार पक्राउ परेका विराटनगर–१२...

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्