दमक–लखनपुर भेट्रान क्लब फाइनलमा

 न्यूज विराट
दमक–लखनपुर भेट्रान क्लब फाइनलमा

विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ ।

विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो ।

खेलको ८ औं मिनेटमा दीपेन गिरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । विराटनगरका खेलाडीले गोलरक्षकलाई दिएको ब्याक पासमा दीपेनले डिबक्स अगाडिको लाइनबाट खोसेर सिधा प्रहार गर्दै गोल गरेका थिए । १७ औं मिनेटमा पाएको क्रस पासलाई सदुपयोग गर्दै उत्कृष्ट हेडिङमार्फत टोलीको गोल संख्या दोब्बर बनाए ।

निर्धारित ७० मिनेटको खेलमा विराटनगरका कृष्ण शाक्यले गोल गर्दै गोल संख्या कम गरेका थिए । खेलको इन्जुरी समयको अन्तिम १ मिनेट बाँकी छँदा पुनः दमकका सुवास आङुथुपोले गोल थप्दै जित सुनिश्चित पारे ।
खेलको म्यान अफ द म्याच दमकका दीपन गिरी घोषित भए ।
विजेता वा उपविजेतामध्ये एक भएको अवस्थामा पाएको पुरस्कार राशिको १० प्रतिशत रकम बन्टी भुजेलको परिवारलाई सहयोग गर्ने दमकले घोषणा गरेको छ ।

सम्बन्धित समाचार

मनमोहनमा चेक चोरेर साढे दुई लाख झिकेको आरोपमा दुई विद्यार्थी पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयबाट चेक चोरी गरि लाखौ रुपैयाँ झिकेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–६ सप्तरीका सुमित सागर यादव र टंकप्रसाद यादव छन्...

सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका निर्दोष संग्रौला घाइते

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

दुव्यर्वहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी, कारवाही गर्न प्रेम कुमारीको माग

विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा...

मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने

विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो । पछिल्लो...

दुर्घटना रोक्न ट्राफिक प्रहरीको ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरू

विराटनगर । सवारी दुर्घटना न्यूनिकरणकका लागि ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरु गरिएको छ । हुस्सु लागेको समयमा दुर्घटना संभावना जोखिम धेरै हुने भएकोले शुक्रबारबाट ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्