काममा जान्छु भनेर घरबाट हिडेका युवाको मोरङको रंगेलीमा शव भेटियो, हत्याको आशंका

 न्यूज विराट
काममा जान्छु भनेर घरबाट हिडेका युवाको मोरङको रंगेलीमा शव भेटियो, हत्याको आशंका

विराटनगर । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादव धामीको शव भुटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।

यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र। नं। १०२०४४ प ३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए । घरबाट हिँडेको भोलिपल्ट शुक्रवार बिहान सा रङेली बटरवारी जाने भित्री सड्क खण्डको बाटोमा पार्किङ गरी राखी मोटरसाइकल राखेको स्थान बाट अन्दाजी १०÷ १२ मिटर दक्षिण बाटोमा कोल्टे परी मृत अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा मोरङ प्रहरीका डिएसपी, प्रहरी निरीक्षक पप्पु नायक र इप्रका रँगेलिदेखी अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको छ । शव शङ्कास्पद देखिएकोले थप अनुसन्धानको कुकुर सहितको टोली खटी अनुसन्धान पनि भइरहेको छ ।

सम्बन्धित समाचार

आफनो समूहका प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन नसकेको माधव नेपालको स्वीकारोक्ति

काठमाडौँ, जेठ २२ । नेकपा (एमाले)ले साधारण सदस्य समेत बाट हटाइएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निकटका जिल्ला अध्यक्ष र सचिवसँग प्रभावशाली नेताहरूको मत बाझिएका कारण तत्काल नयाँ पार्टी गठनको सम्भावना कम रहेको बताउनुभएको छ...

ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका...

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारीसाधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटिरिक्सा तथा पैदलयात्रीलाई...

सबैको रोजाइमा परेको शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड

विराटनगर । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड लागेको छ । विज्ञान संकायको लागि सोमबार कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरुको भिड लागेको हो । सक्षम नेतृत्व, कुशल...

सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानी

जनकपुर, चैत ५–सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्