विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो । दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश आङ्थुपोले गोल गरे भने एलबी आलेको प्रहारलाई गोलरक्षकले बचाउ गरे । विराटनगरका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे भने नवीन्द्र लिम्बूको प्रहारलाई गोलरक्षले विफल पारेका थिए । अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार सिधा पोष्टमाथिबाट बाहिरिएको थियो । खेलको ४९ औं मिनेटमा दमकका देउमान लिम्बूले पाएको क्रसपासमा हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । लगत्तै ५० औं मिनेटमा विराटनगरका सुरेन्द्र तामाङ बक्स अगाडिबाट गरेको प्रहार सिधा जाली चुमाउँदै खेल बराबरीमा ल्याए । ५८ औं मिनेटमा दमकका सुवास आङ्थुपोले सेन्टरबाट ट्याक्ल अघि बढाएको बल वान भर्सेस वानको स्थिति बनाएर गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेल सकिन ३० सेकेण्ड बाँकी छँदा विराटनगरका सुरज श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको म्यान अफ द म्याच दमकका गोलरक्षक सुनील तामाङ भए । सर्वाधिक गोलकर्ता विराटनगरका सुरज श्रेष्ठ र उत्कृष्ट खेलाडी सुवाश आङ्थुपो भए । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रूपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रूपैयाँका साथै ट्रफी प्राप्त गरे । व्यक्तिगततर्फ २ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।
फाइनल खेलका अवसरमा पूर्व खेलाडी ललित थापा, गोर्वद्धन आले, गम्भीर लामा र अन्नतराज थापालाई सम्मान गरियो । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, उद्योगी तथा समाजसेवी अरुण राठी, वडाध्यक्ष उद्धव भुजेल, किशोर शाही, खेल संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरे ।
काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत...
जनकपुर, ७ साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा...
झापा, २० साउन-मेची अस्पताल भद्रपुरमा कोभिड-१९ को नमुना परीक्षणसँगै सङ्क्रमितको उपचार सुरु गरिएको छ । प्रदेश १ सरकारको सहयोगमा अस्पतालमा २५ शय्याको आइसोलेसन र पीसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले २ वटा भेन्टिलेटरसमेत उपलब्ध...
विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...
विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता...
काठमाडौं, १७ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले...
काठमाडौँ । कोभ्याक्स संयन्त्रबाट नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप अस्ट्राजेनेका प्राप्त गर्ने भएको छ । बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन...
विराटनगर । सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पढाउने गरेको रहस्य खुलेको छ । सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठुलो परिमाणको मैदा...