२५ भन्दा बढी स्वादको चिया पाइने ‘चिया वालाज्’ क्याफे विराटनगरमा
शुक्रबार, ०७ असोज, २०७९,
न्यूज विराट
विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो ।
क्याफेमा साधारण चियाका साथै केशर चिया, म्याङ्गो टी, पामोग्रनेट टी, कोकोनट टी र कर्डिमोम टी लगायतको २५ भन्दा बढी भेराईटी र स्वादमा चिया उपलब्ध हुने सञ्चालक युसुफ रजा खानले जानकारी दिए क्याफेमा उपलब्ध हुने चियाको मूल्य न्यूनतम २० देखी अधिकतम ७५ रुपैयाँ राखिएको छ । यसका साथै नेपाली, इन्डियन र चाइनिज परिकारका भेज तथा ननभेज स्न्याक्सहरु समेत क्याफेमा उपलब्ध रहेको छ । विद्यार्थी, कर्मचारी र परिवार सँग चिया–नास्ता खान आउने व्यक्तिहरूलाई लक्षित गरेर क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा मदिराको विक्री वितरण नगरिने खानले जानकारी दिए । सुरुमा १० लाखको लगानी गरिए पनि क्रमिक रूपमा लगानी थप गर्दै जाने सञ्चालकले बताएका छन् ।
क्याफेमा कुक,वेटर र म्यानेजरगरि १० जनाले रोजगार पाएका छन् । क्याफे निर्माणका लागि फलामको प्रयोगगरि कुशल ईन्जीनियरिङबाट आकर्षक संरचना निर्माण गरिएको छ ।
विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...
जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...
विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । युवा युवतीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भाग लिन इच्छुकहरूको...
विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र...
विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...
बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...
एजेन्सी, बैशाख २७-भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास...