मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मिल्सलाई पाँच गोल गर्दै भरौल भेट्रान्स सेमिफाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मिल्सलाई पाँच गोल गर्दै भरौल भेट्रान्स सेमिफाइनलमा

विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई ५–० गोलले हराउँदै भरौल भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको हो ।

जितको लागि भरौलका डेनी राईले ह्याट्रिक गरे । उनले खेल अवधिभरिमा तीन गोल गरे भने भरौलका प्रेम सागरले एक गोल गरेका थिए । एक गोल आत्मघाती भयो । भरौललाई सेमिफाइलनमा पु¥याउन डेनीले खेल सुरु भएको पाचौं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाए । पहिलो गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै डेनीले पुनः आठौँ मिनेटमा गोल गरी दोब्बर बनाए । खेलको २८ औँ मिनेटमा मिल्स भेट्रान्सका सुरज बस्नेतले आत्मघाती गोल गरिदिए । पुरा समय मिल्स भेट्रान माथि हाबी भएको भरौलले हाफपछि दुई गोल ग¥यो । ६० औँ मिनेटमा प्रेम सागरले गोल गर्दै ४–० को अग्रता बनाए । ६७ औँ मिनेटमा डेनीले ह्याट्रिक पुरा गर्दै भरौललाई ५–० को जित दिलाउन सफल भए ।

खेलको म्यान अफ द म्याच भरौलका लक्ष्मी चौधरी घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।
बिहीबारको खेल मर्निङ्ग भेट्रान्स क्लब र युनाईटेड भेट्रान्स क्लब विराटनगरबिच हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार

दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

सोमबार नेप्से ११दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ अंकमा बन्द भएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि यस वर्षकै न्यून भएको हो । १९ अर्बको दैनिक कारोबार हुने बजारमा आज ४ अर्ब...

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पाेखरा, १२ वैशाख-पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले...

विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ

विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए, १७९ डिस्चार्ज

विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन ।...

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

ईडेनवर्ग कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम एउटै मञ्चबाट

विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए थप

चितवन,  २६ जेठ-कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्