मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, पहिलो खेलमा युनाईटेड भेट्रान्स क्लब क्वाटरफाइनलमा

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै युनाईटेड भेट्रान्स क्लब विराटनगर क्वाटर फाइनलमा पुगेको हो ।

युनाईटेडलाई जित दिलाउन हर्कराज गुरूङले निर्णायक गोल गरे । खेल सुरू भएको तीन मिनेटमा हर्कले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच पनि निर्णायक गोल गर्ने युनाईटेडका हर्कराजर गुरूङ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा युनाइटेडले सुरुवातदेखि नै दुहबीमाथि दबावमा राखेको थियो । दुहबी र युनाईटेडका खेलाडीहरूले पाएको थुप्रै अवसरहरू खेर फालेका थिए ।

अहिले दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्स क्लब बिच प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेल विराटनगर जुट मिलको खेलमैदानमा जारी छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

प्रचण्ड-नेपाल समूहले जलाएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका...

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्