आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
आइतबार, ०२ असोज, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया भएको हो ।
अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकज राज नेपालको टीमले बालिकाको मस्तिष्कमा रहेको ६ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । हिडडुल र राम्रोसँग बोल्न नसकेर सपना ओछ्यानमा थला परेकी थिइन् । साउनको अन्तिम तिर संखुवासभाबाट आमा जानुका जोगीले छोरी सपनालाई लिएर विराटनगरको हस्पिटल आएकी थिइन् । उनले छोरीलाई विराटनगरको एक प्रख्यात हस्पिटलमा लगिन । त्यहाँ उपचार नहुने बताएपछि आफन्तको सहयोगमा जानुकाले छोरीलाई आर्या न्यूरो हस्पिटलमा १ भदौमा लिएर आइन् । ‘आर्या न्यूरो हस्पिटलको चिकित्सकलाई देखाएपछि डा. पंकज राज नेपालले छोरीलाई सकभर बचाउने प्रयास गर्छु भन्नुभयो । त्यसपछि भदौको पहिलो साता छोरोको शल्यक्रिया भयो । शल्यक्रियापछि अहिले छोरी राम्रोसँग हिडडुल गर्न सक्ने भएकी छिन्,’ आइतबार डिस्चार्ज भएपछि घर जाने तयारीमा रहेकी जानुकाले भनिन्, ‘छोरीले नयाँ जीवन पाएकी छिन् । अरु हस्पिटलले माया मारेर घर पढाएको छोरीले पुनः जन्म पाएकी छिन् ।’ छोरीको उपचारमा खटेर जीवन बचाइदिने चिकित्सकप्रति उनी कृतज्ञ छिन् ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. नेपालले बच्चामा हुने ब्रेन ट्युमरको आठ घण्टा लगाएर सफल उपचार गरेको बताए । ‘बच्चाको मतिष्कमा ठूलो ट्युमर रहेको थियो । जसले पानी बल्क पनि गरेको थियो । जसले गर्दा आँखा नदेख्ने, चक्कर लाग्ने, हिडडुल गर्न नसक्ने खालको लक्ष्ण देखा परेको थियो । ट्युमरले ब्रेनलाई थिचेको कारणले यस्तो समस्या भएको थियो ,’ उनले भने, ‘शल्यक्रिया गरेपछि ६ सेन्टिमिटर ठुलो ट्युमर निकालेका छौं । अहिले बच्चाको स्वास्थ्य अवस्था सुधार भएकाले डिस्चार्ज दिएका छौं ।’ आर्थिक अवस्था नाजुक रहेको जोगी परिवारले उपचारपछि भएको खर्च पूर्ण रुपले भुक्तानी गर्न नसकेर पिर मानिरहेको अवस्थमा हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष सौलियत दिएर बच्चालाई घर पढाएको अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए ।
स्थापनाको छोटो समयमा आर्या न्युरो अस्पतालले दर्जन बढी जटिल प्रकृतिका बिरामीको सफल उपचार गरेको छ । जसको कराणले आर्या न्यूरो हस्पिटल विरामीहरुका लागि भरोसाको केन्द्रको रुपमा स्थापित हुदै गएको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।
काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...
मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...
विराटनगर । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका...
काठमाडौं, ८ साउन-श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला...
काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...
विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...