सुनसरी प्रहरीलाई सफलता, एकै दिन ६१ जना फरार अभियुक्त पक्राउ

 न्यूज विराट
सुनसरी प्रहरीलाई सफलता, एकै दिन ६१ जना फरार अभियुक्त पक्राउ

विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।
विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको हो । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ गरेर मङ्गलबार एकै दिन ६१ जना प्रतिवादीलाई अदालतमा बुझाइएको छ ।

प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुल गरेर छाड्ने गरिन्छ । चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म एक सय ३० जना फरार प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरिसकिएको एसपी ढकालले बताए ।

फरार प्रतिवादी पक्राउ गर्दा २६ वर्ष आठ महिना तीन दिन कैद र चार लाख २० हजार ३४ रूपैयाँ जरिवाना असुल भएको उनको भनाइ छ ।‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ एसपी ढकालले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी ढकालले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ उनले भने ।

जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी ढकालले कककक भने ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

‘मेन्स यु–१६ इस्ट जोन कप’ खेल्न खेलाडी छनौट सुरु

विराटनगर । मलेशियामा संचालन हुने ‘मेन्स यु–१६ इस्ट जोन कप’ त्रिकेट प्रतियोगितामा सहभागि खेलाडी छनौट गर्न मोरङ जिल्ला क्रिकेट संघले सुरु गरेको छ । सन् २०२३ मे महिनाको १७ देखि २८ तारखिसम्म हुने ‘मेन्स यु–१६...

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव ४५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्