युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

 न्यूज विराट
युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव सेवा आश्रम पुगेर जन्मदिन मनाएका हुन् ।

सामाजिक कार्यमा समेत सक्रिय रहेका व्यवसायी प्रसाईँको जन्मदिन आज परेको छ । उनले मानव सेवा आश्रममा पुगेर खाद्यान्न, फलफूललगायत ३५ हजार मूल्य बरावरको सामाग्री वितरण गरेका हुन् । आश्रममा रहेका रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई फलफूल र भोजन पनि गराए ।

उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए । युवा व्यवसायी प्रसाईँको विराटनगरमा सितराम फुड्स एन्ड प्याकेजिङ्ग उद्योग रहेको छ ।

उनले यसअघि पनि बाढीपीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ विश्वविधालय र एस्पायर कलेज बीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता

विराटनगर । नेपालका दुई प्रतिष्ठित शैक्षिक संस्थाको सम्झौता भएको छ । काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशन र विराटनगर १४ मा रहेको एस्पायर कलेजबीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको हो । निरन्तर व्यावसायिक शैक्षिक केन्द्र...

आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

न्यूरोको दुई दिने वृहत स्वास्थ्य शिविर सुखीपुरमा, एक हजार बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिराहाको सुखिपुर नगरपालिका ८स्थित जन जागृती युवा क्लब तथा सुखीपर उधोग व्यापार समितीको प्रांगणमा वृहत स्वास्थ्य शिविर आयोजना गरेको हो...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा...

यी हुन् प्रदेश १ का उत्कृष्ट २७ सामुदायिक विद्यालय

विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

चौंथो मिल्स गोल्डकप, झापाको कनकाई सेमिफाइनलमा

विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्