विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

 न्यूज विराट
विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।

एडीवीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डीपीआरको काम सुरु भइसकेको छ ।

निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीवीलाई आग्रह गर्नुभएको थियो । सोही आग्रहअनुसार एडीवीले विभिन्न परियोजनाको डीपीआर बनाउन सुरु गरिसकेको छ । हालसम्म भएको डीपीआरको अवस्थाबारे एडीवीका प्रतिनिधिले मेयर कोइराला र उपमेयर कार्कीलाई जानकारी गराएका थिए ।

विराटनगरको विकासमा विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीवीको टोलीसित छलफल भएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए ।

एडीवीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दैछ । मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए ।

“विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो,” मेयर कोइरालाले भने, “त्यसका लागि एडीवीले काम सुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौं ।

क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीवीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीवीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

सरकारले सच्यायो सार्वजनिक बिदा, इदको बिदा भोलि

काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...

मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...

पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् ।कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । नगरकालिकाले ४ र ५ जेठमा उक्त...

दार्चुलाको गागामा अब सशस्त्रको गुल्म, यस्तो छ तयारी

दार्चुला, जेठ ३-दार्चुलाको व्यास गाउँपालिका-१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६०...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्