विराटनगर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह समानुपातिक सांसदमा नेपाली काँग्रेसले सिफारिस गरेको छ । डा. साहलाई सुनसरी क्षेत्र नं. २ को (ख) बाट समानुपातिक सांसदमा सिफारिस गरेको हो ।
स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका साहलाई नेपाली काँग्रेस सुनसरीको क्षेत्र नं. २ को क्षेत्रीय कामिटिको बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समानुपातिक सांसदमा सिफारिस गरेको हो ।
विद्यार्थीकलामा नेबिसंघबाट राजनैतिकमा साह सक्रिय रहेका थिए । तर, डाक्टर पेसामा आएपछि राजनीतिकमा सक्रिय थिएनन् । नेपाली काँग्रेसको १४ औ अधिवेशनमा पुनः क्रियाशील भएर वडाको क्षेत्रीय प्रतिनिधि हुँदै प्रदेश प्रतिनिधि पनि हुन साह ।
सुनसरीको राम धुनी, इनरुवा, हरि नगर र देवान्गञ्ज गरी १८ वडाका वडा सभापतिहरू र सामाजिक क्षेत्रमा डा। साहको राम्रो सम्बद्ध रहेको छ ।
डा। साह काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाका प्रिय पात्र मानिन्छ । राजनीतिकलाई पेसा मात्र होइन समाजसेवाका रूपमा लिनुपर्छ भन्ने मान्यता राखेको डा साह सुनसरीमा राम्रो प्रभाव रहेको छ ।