विराटनगर । विराटनगरको सनसारीमाइस्थानमा थ्रिबिज एजुकेसन एन्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी विदेश पढाउने थ्रिबिज एजुकेसन सञ्चालनमा आएको हो ।
उच्च शिक्षा अध्ययनको लागि थ्रिबीज एजुकेसन एन्ड भिसा सर्भिसले पाँच वटा देशमा विद्यार्थी पढाउने गरेको निर्देशक समीर खतिवडाले बताए । उनका अनुसार थ्रिबीजले अष्टे्रलिया, क्यानडा, युएसए, युके र न्युजरल्याण्डलगायतको देशहरूमा विद्यार्थीहरू अध्ययनको लागि विदेश पढाउने गरेको जानकारी गराए । थ्रिबीज एजुकेसनबाट पढ्न जाने विद्यार्थीहरूको भिसा रिजेक्ट कम हुने र गुणस्तरीय सेवा दिने गरेको खतिवडाको भनाई छ ।
थ्रिबीज सञ्चालनमा आएको अवसर पारेर अस्ट्रेलिया जाने विद्यार्थीको लागि भिसा प्रोसेसमा पनि १५ हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ । सोही अवसरमा आयल्स र पिटिई गर्ने विद्यार्थीहरूको लागि अहिले निःशुल्क कक्षा पनि सञ्चालन गरिएको जानकारी गराएको छ ।