मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

 न्यूज विराट
मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा मृत्यु भएपछि आफन्तहरू सम्पर्क विहीन भएका हुन् ।

नवजात शिशु बिरामी भएपछि साउन ३१ गते गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएको नवजात शिशुको उपचारको क्रममा भदौ २ गते मृत्यु भएको थियो । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरू सम्पर्क विहीन भएको अस्पतालका प्रबन्धक सन्तोष मेहताले बताए । ‘मृतकका बाबु र आमाहरू पटक–पटक फोन सम्पर्क गरिम । उनीहरूसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘यसरी मृतक शिशुलाई छोडेर आफन्त बेपत्ता हुँदा शव व्यवस्थापनमा समस्या भएको छ ।’

आफन्त सम्पर्कमा नआएपछि प्रहरीको उपस्थितिमा विराटनगर महानगरपालिकालाई शव व्यवस्थापनको लागि जिम्मा दिने तयारी गरेको उनले बताए ।

सम्बन्धित समाचार

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

विराटनगरमा लैंगिक समाज संवाद श्रृंखलाको सुरुवात

विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

सकियो ‘एभरेष्ट कार्निभल’, पाँच हजार बढीले गरे अवलोकन

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले आयोजना गरेको एभरेष्ट कार्निभल २.० सम्पन्न भएको छ ।५ फागुनदेखि सुरु भएको कार्निभल सोमबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो ।एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा...

ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २६ साउन । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ ।व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो ।बिजनेस आइडिया...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्