काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन’ भन्ने उल्लेख छ ।