विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

 न्यूज विराट
विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगकाे कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति गठन गरेको छ । प्रमुख कोइरालाले विराटनगर महानगर क्षेत्रभित्रै राजधानीका लागि आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण हुनुपर्नेमा जोड दिँदै भने, ‘धेरै संरचना निर्माण भइसकेका छन्, प्रदेशका संरचना निर्माणका लागि जग्गा आवश्यक परे महानगरले उपलब्ध गराउँछ ।’

वृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर प्रदेश सरकारले विराटनगरलाई राजधानी तोकेको थियो । जसले विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्न सक्ने अवस्था छ । वृहत्तर विराट क्षेत्रले १८ पालिका समेटेको छ । प्रदेश सरकारले औपचारिक रूपमा महानगरलाई जग्गाका लागि आग्रह गरे उपलब्ध गराउन तयार रहेको प्रमुख कोइरालाको भनाइ छ ।

‘अहिलेसम्म प्रदेश सरकारका तर्फबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र आएको छैन’, प्रमुख कोइरालाले भने, ‘औपचारिक कार्यक्रममा भेटेका बेला लु जग्गा उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि, सबैको आफ्नै विधि र विधान हुन्छ । महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौँ ।’

राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनको जोड छ । एउटै कम्पाण्डभित्र संसद्सहित सबै मन्त्रालय भए काम गर्नसमेत सहज हुने उनको बुझाइ छ । ‘मन्त्रालयहरू छरिँदा संसद् सञ्चालनमा समेत समस्या आउनेछ’, प्रमुख कोइरालाले भने, ‘एकजना मन्त्री संसद्‌मा उपस्थित नभई संसद् सञ्चालन हुँदैन, टाढाबाट मन्त्री आउँदा समय पनि खेर जान्छ । एउटै पर्खालभित्र संसद्, मुख्यमन्त्री र अन्य मन्त्रालय भएमा जनतालाई मात्रै होइन, प्रदेश सरकारलाई पनि सरकार सञ्चालनमा सहज हुन्छ ।’

राजधानीका संरचना छरिँदा प्रदेशमाथि व्ययभारसमेत थपिने भन्दै प्रमुख कोइरालाले भने, ‘राजधानी भनेको अंशवण्डा गरेजस्तो होइन, धेरैतिर संरचना छरिँदा मन्त्रालयबीच समन्वयको अभाव हुन्छ, प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुन्छ । इन्धन खर्च बढ्छ, हामीले एउटा कोणबाट मात्रै हेरेर भएन सबै कोणबाट हेर्नुपर्छ ।’

सम्बन्धित समाचार

कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १४–यही २८–२९ फागुनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी...

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

१२ कक्षाको परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं, ३० भदौ । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो ।...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता

काठमाडौं, १६ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्