कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

 न्यूज विराट
कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको हो ।

यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा मात्र शैय्यामा राखेर उपचार गरिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको थियो । २८ वटा शैय्या थप गरी अहिले ४० वटा पुगेपछि उपचार सेवामा थप सहजता हुने कोशी अस्पतालका सुपरिटेन्डेन्ट ९मेसु० डा। यज्ञराज खरेलले बताए । ‘शैय्या अभावको कारणले यसअघि बिरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको थियो,’ मेसु खरेलले भने, ‘अब झ्याल र एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिनुपर्ने समस्या अन्त्य भएको छ ।’ आइसोलेसन वार्डलाई हटाएर आकस्मिक कक्षसँगै गाभेर अस्पतालले शैय्या थप गरेको हो ।

कोशीको ओपिडीमा ८ देखि १ हजार बिरामीले दैनिक आउने गर्दछन् । अहिले निजी हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि कोशीमा बिरामी आउनेको सङ्ख्या बढेको छ । आकस्मिक कक्षमा मात्र दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको आकस्मिक कक्षको इन्चार्ज जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादवले बताए ।  आकस्मिक कक्षमा शैय्या थप गरेपछि बिरामीको उपचारमा सहज भएको उनले बताए । थप भएको र पुरानो सबै बेडमा अस्पतालले अक्सिजन पाइपमार्फत आवश्यक पर्ने बिरामीलाई अक्सिजन सप्लाइ गर्ने व्यवस्था मिलाएको छ ।

सम्बन्धित समाचार

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो

मस्को, जेठ १८–रुसमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार रुसमा आइतबार दिउँसो सम्ममा रुसमा कुल संक्रमितको संख्या ४ लाख ५ हजार ८ सय ४३ पुगेको हो । रुसमा पछिल्लो २४...

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

काठमाडौं, ३० साउन-नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको...

जो बाइडेन काश्मिरीको पक्षमा

एजेन्सी, असार १२-अमेरिकी राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् । ट्रम्प प्रशासन भारतसँग निकै नरम देखिदै आएको छ । तर यो...

मोरङको सुनवर्षीमा कांग्रेसको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

आइतबारदेखि मौसम बिग्रिने पूर्वानुमान, धरै ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्