सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

 न्यूज विराट
सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो । सुनसरी प्रहरीले अनुसन्धान गर्दै जाँदा सिग्देलको हत्या आफ्नै कान्छी श्रीमती र प्रेमी मिलेर गरेको खुलेको थियो । सिग्देलको हत्या विराटनगर– ३ पिपल चौकमा डेरा गरी बस्ने कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र विराटनगर–४ इकराइका २९ वर्षीय सरोज भण्डारीले गरेको खुलेको हो ।

हत्या आरोपमा पक्राउ परेका भण्डारी अनिताकी प्रेमी हुन् । उनीहरूले माघ २२ गते राती सिग्देलको हत्या गरेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । हत्या गरेको भोलिपल्ट भण्डारीको शरीर ग्रेडर मेसिनले काटेर दुई वटा जेब्रा झोलामा हालेर धरान–४ कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकको जङ्गलमा सिटी सवारीमा हालेर फालिदिएका थिए ।

भण्डारीको हत्या गरेको १२ दिनपछि ४ फागुनमा टाउको, हात खुट्टा जेब्राको झोलामा फेला परेको थियो । शव फेला परेको एक हप्तापछि सिग्देलको पहिचान खुलेको हो । पहिचान खुलेकै दिन प्रहरीले हत्या आरोपमा कान्छी श्रीमती अनिता र प्रेमी सरोजलाई पक्राउ गरी सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अहिले उनीहरू पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यस्तै सुनसरी प्रहरीले २०७८ चैत १४ गते इटहरीमा इटहरी भएको बम विस्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्यायो । इटहरी २ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको विस्फोटमा संलग्न हिमाल सुरक्षा परिषद्का अध्यक्ष तथा मुख्य योजनाकार झापा कनकाई नगरपालिका ८ का ४३ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेलसहित घटनामा संलग्न इटहरी २ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्सिया लक्ष्मी देवी थापा, निजको छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका ७ लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ सहित ४ जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूलाई बम विस्फोटन तथा सङ्गठित अपराधमा मुद्दा चलाइएको थियो । प्रहरीले अदालतमा अभियोग दर्ता गरेपछि थुनछेक आदेशपछि खगेन्द्र खरेल पुर्पक्षमा थुनामा गए । रविन थापा साधारण तारेखमा र उत्तम रिजाल एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

जघन्य अपधराका अभियुक्तलाई सुनसरी प्रहरीले अपराध गरेको २४ वर्षपछि प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएको अभियुक्त गंभिर दनुवारलाइ सुनसरी प्रहरीले आठ वर्षपछि पक्राउ ग¥यो । प्रहरीले घटना भएको ८ वर्षपछि काठमाण्डौदेखि पक्राउ गरेको हो । २०७१ मङ्सिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको हत्या उनकै साथीहरू मिलेर धरानको विष्णु पादुका स्मृति पार्कमा गरेका थिए । पिकनिक खाना क्रममा विवाद बढ्दै गएपछि मग्रातीलाई बिक्रम मिली, गम्भीर दनुवारले कुटपिटबाट मृत्यु भएको थियो । चित्रको मृत्यु भएपछि जङ्गलमा लगेर सेउला र झारपातले पुरी उनीहरू फरार भएका थिए ।

फरार भएका मध्ये विक्रमलाई प्रहरीले २०७१ मङ्सिर १४ गते भोजपुरको दिङलावाट पक्राउ गरी कर्तब्या ज्यान मुद्दा चलायो । सुनसरी अदालतले २०७१ पुस ८ बिक्रमलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । घटनका संलग्न दनुवार फरार थिए ।
फरार रहेका अभियुक्त दनुवारलाई दुई महिनासम्म नियमित निगरानीमा राखेर सुनसरी प्रहरीले असार १० गते काठमाण्डौबाट पक्राउ गरेको थियो । उनी अहिले थुनामा कैद भुक्तान गर्दै आएका छन् ।

गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरू सुनसरी प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरी धमाधम पक्राउ पर्न थाले ।

सुनसरी भोक्राहा ४५ वर्षीय बसन्त खत्वेले आफनै नातिनी हत्या गरेको १२ वर्षपछि प्रहरीले पक्राउ ग¥यो । बसन्तले २०६६ मा घाँटी बटारी नातिनीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बस्नतलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका बेसन्तलाई प्रहरीले २०७८ साउन १७ गते पक्राउ गरेपछि अहिले उनी झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

सुनसरी दुहबी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको विषयमा वादविवाद हुँदा बाँसको भाटाले हानी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रहेका थिए । कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतले २०६० माघ २६ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । हत्या गरेपछि फरार भएको २४ वर्षपछि मियालाई सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरी अहिले झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । सुनसरी प्रहरी प्रमुख भएर एसपी संन्जयसिंह थापा एक वर्ष सुनसरीमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । उनले कार्यकालमा सुनसरीमा एकै दिनमा ११६ जनासम्मलाई पक्राउ गरी अदालत बुझाएको छ ।

फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका अभियुक्त घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको छ ।
‘फरार पक्राउ’ अभियान अन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गते देखी २०७९ वैशाख ३० गतेसम्म ६१३ जना फरार प्रतिवादीहरू पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि २२८, असारको १३ दिनमा २१७ र असार १२ गते एकै दिन ११६ जना फरार अभियुक्त पक्राउ गरी अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीले ८४१ फरार अभियुक्तले १८२ वर्ष ८ महिना ५ दिन कैद भुक्तान र १ करोड १४ लाख ३६ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको छ । सुनसरीमा ३ हजार ८ सय फरार मध्ये ८४१ पक्राउ परेका हुन् । फरार अभियुक्त पक्राउ गर्ने सुनसरी प्रहरी देशभरिमै अगाडी रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेखमा देखिन्छ । प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेको मध्ये आधा भन्दा बढी सुनसरी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिएको छ ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी थापाले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी थापाले भने ।

२०७८ असार १६ देखि २०७९ साउन १६ गतेसम्म ३ करोड ३६ लाख ६२ हजार ४० रुपैयाँ राजस्व असुली गरेको छ । २ हजार ३५ वटा मुद्दा दर्ता भएको छ भने १ हजार २ सय ९७ फर्छ्यौट भएको छ । ७ सय ३८ मुद्दा बिचार दिनमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ...

लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे । श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन,...

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...

निम्न वर्गलाई राहत दिने गरी बजेट आयोः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि पत्रकारसँग कुरा गर्दै...

झी: पुचमा ३५ जनाको सामुहिक व्रतबन्ध

विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।...

आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्