प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

 न्यूज विराट
प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार पीसिआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई समेत सङ्क्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

तिजमा संगिनी प्रतियोगिता

विराटनगर । हरितालिका तिजको अवसरमा सोलुखुम्बुको नेचासल्यान गाउपालिका– २ को नवज्योती महिला समूहले आयोजना गरेको खुल्ला संगिनी नृत्य प्रतियोगितामा वीपी संस्कृत मावि समूह प्रथम भएको छ । सो समूहमा नृत्यतर्फ नानीमैया आचार्य,पुषणा निरौला,रमिला कार्की र...

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

पञ्जाब पुलिसलाई पराजित गर्दै एपीएफले चुम्यो विराट गोल्डकपको उपाधी

विराटनगर, ४ वैशाख । विराट गोल्डकपको छैठौं संस्करणको उपाधी विभागिय टिम सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार राती सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाब पुलिसलाई १–० ले...

सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु

सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको बा ४ ख ७९८० नम्बरको टिपर सोलु...

प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...

संविधान संशोधनका लागि खुला दिमाग राखौँ : प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्