मङ्गलबारसम्म वर्षाको सम्भावना

 न्यूज विराट
मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, ‘यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।’ मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहे पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे उनले बताइन् ।

हाल लुम्बिनी, गण्डकी र प्रदेश १ केही भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशका अन्य भू-भागमा आङ्शिकदेखि सामान्य बदली छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावका साथै प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस छ ।

सम्बन्धित समाचार

आज १ हजार ३५६ जनामा कोरोना पुष्टि, ८ सय २३ जना डिस्चार्ज

काठमाडौं, ६ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा...

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

साउनमा मात्रै पूरा बजेट ल्याउन कांग्रेसको माग

 काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् । संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका...

विराटनगरमा मनाइयो युवा दिवस, रोजगारी र उत्पादनमूलक क्षेत्र निर्माण गर्न जोड

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा विधार्थीहरुलाई युवा रोजगार र दुव्र्यसनी सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी युवा प्रदेश कमिटीको आयोजनामा विराटनगरमा सोमबार युवा विधार्थीहरुलाई युवा रोजगार र...

मेरील्याण्डमा विद्यार्थीको आकर्षण, नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजमा विद्यार्थीको आकर्षण देखिएको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको...

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

सुनसरीमा हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

सुनसरी, ५ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी...

बेलबारी गोल्डकप, बिर्तामोड युनाईटेड क्लब अन्तिम चारमा

बेलबारी । बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाण्डौलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा अन्तिम चारमा पुगेको हो । बुधबार बिर्तामोड युनाईटेड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्