नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन् ।
उनले मंसिर ४ या ५ गतेका लागि चुनावको मिति तय हुने जानकारी पनि दिए ।
आज ललितपुर क्षेत्र नम्बर–२ मा आयोजित एक कार्यक्रममा उनले साउन ४ या ५ गतेको मन्त्रिपरिसद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन् ।
उनले आगामी निर्वाचनमा अझ बढी सचेत भएर लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
अब निर्वाचन मिति घोषाणा हुन हप्तादिन मात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिएका हुन् ।