चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

 न्यूज विराट
चुनावअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघीय र प्रदेशसभाको चुनावअगाडि कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । समाजवादी प्रेस संगठनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकीकरणबारे पत्रकारले साेधेकाे प्रश्नमा उनले चुनावअघि एकीकरणको सम्भावना नरहेको स्पष्ट पारे ।

‘एकीकरण भइहाल्छ कि भन्ने कतिपयमा बुझाइ छ,’ उनले भने, ‘आगामी चुनावअघि कुनै पनि पार्टीसँग हाम्रो एकताको सम्भावना छैन ।’ अध्यक्ष नेपालले आगामी चुनावसम्म अहिलेकै गठबन्धनले निरन्तरता पाउने पनि बताए ।

आवश्यक भएका ठाउँमा गठबन्धनबीच चुनावमा तालमेल हुने उनले बताए । अध्यक्ष नेपालले सबै कम्युनिस्ट पार्टीबीच वामएकता भएर चुनावमा जाने सम्भावना तत्काल नरहेको समेत प्रष्ट पारे । समाजवादीले एक्लै जित्ने ठाउँमा एकल उम्मेदवारी दिने र आवश्यक भएका ठाउँमा गठबन्धनबीच तालमेल गरेर जाने उनको भनाइ छ ।

नेपालले अहिले कुनै पार्टीसँग एकता गर्नेतिर भन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारमा ध्यान दिइरहेको बताए । उनले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरूसँग भएको पनि दाबी गरे ।

सम्बन्धित समाचार

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...

प्रदेश १ मा २२ सयको परिक्षण गर्दा ८९७ संक्रमित थपिए

विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र...

‘प्याब्सन विराट’ फुटबल टुर्नामेन्ट पुस १ गतेबाट सुरू, ३० वटा विद्यालयको सहभागि

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्