रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँमा क्लबले बृक्षारोपण गरेको हो ।

जलवायु परिवर्तनका कारण नाकारात्मक असर परिरहेकाले वातारवरण संरक्षणका लागि मेवा, जामुन, अम्बक, अनार, अमला, कागती, कटहर, बेललगायतका फलफूल र विभिन्न रुखका विरुवाहरु रोपिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

२५० वटा भन्दा बढी रुखका विरुवाहरु रोपिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।बृक्षारोपण कार्यक्रममा आरसीसी सदस्यहरुलाई आ आफ्नो क्षेत्रमा लगेर बृक्षा रोपण गर्नका लागि विरुवासमेत वितरण गरिएको थियो ।

सो अबसरमा विद्यालयका शिक्षक, विद्यार्थी, क्लबका पदाधिकारी एवम् सदस्यहरु, आरसीसी सदस्यहरुबिच वातावरण संरक्षणका विषयमा अन्तरकृयासमेत गरिएको थियो ।

बृक्षारोपण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका २० जना पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् । क्लबले आगामी महिना पनि बृक्षारोपण गर्ने जनाएको छ । आगामी महिना आँप र लिच्चिका विरुवाहरु रोपिनेछन् ।

सम्बन्धित समाचार

सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर...

मोरङ २ मा सुजाता र ऋषिकेशबीच कडा प्रतिस्पर्धा

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...

अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् । सिरियाबाट अमेरिकी सेना...

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, १५ असोज-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

प्रहरी चौकी अमाहीवरियातीलाई सफलता, डेढकिलोभन्दा बढी चाँदी बरामद

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्