अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

 न्यूज विराट
अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।

गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका हुन् ।

एकल रूपमा अघि बढ्दा पार्टीको छविमा समेत आँच पुगेको भन्दै उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे शर्मासँग प्रश्न गरेका थिए । प्रचण्डले आइतबार आफ्नै निवास खुमलटारमा बोलाएर अर्थमन्त्री शर्मासँग छलफल गरेको सचिवालयले जनाएको छ ।

‘अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच खुमलटारमा छलफल भएको थियो । दुई पक्षबीचको छलफलबारे आधिकारिक जानकारी भने छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । अर्थमन्त्री शर्माको गतिविधिबारे आफूले गठबन्धनका दललाई जवाफ दिनुपर्ने प्रचण्डको भनाइ थियो ।

सम्बन्धित समाचार

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए

विराटनगर, १८ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५६, सुनसरीमा एक सय २०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुई÷दुई, पाँचथर, भोजपुर...

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्