विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

 न्यूज विराट
विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ ।

मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ ।

उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुलीका ३४ वर्षीय श्याम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 

सम्बन्धित समाचार

धनुषाको जटही र खजुरी नाका बन्द

धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...

विद्यालयमा पढाउन छाडेर कटहरीका एक शिक्षक कांग्रेसको महाधिवेशनमा व्यस्त, क्षेत्रीय प्रतिनिधिमा उठेर पराजित

विराटनगर, १२ असोज । मोरङको कटहरीमा एक शिक्षक विद्यालयमा बालबालिकालाई पढाउन छाडेर सत्तारुढ दल कांग्रेसको महाधिवेशनमा व्यस्त भएको पाइएको छ । कटहरी–४ खरबनास्थित श्री आधारभूत विद्यालयका शिक्षक निरज साह विद्यालय समयमा विद्यार्थीलाई पढाउन छाडेर कांग्रेसको...

२४ घण्टामा थप ८८५ जनामा कोरोना पुष्टि

काठमाडौं, १० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

काँग्रेसका युवा नेता गिरीद्धारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् । केही दिनयतादेखि अत्याधिक गर्मी बढेपछि पंखा नभएको सामुदायिक विद्यालयमा गिरीले पंखा वितरण गरेका हुन् । गिरीले विराटनगर १८ स्थित श्री...

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्