धरान उपमहानगरमा ‘लौरो’ चिन्हका राईको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

 न्यूज विराट
धरान उपमहानगरमा ‘लौरो’ चिन्हका राईको अग्रता, पछ्याउँदै गठबन्धनका उम्मेदवार

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता लिएका छन् ।

केही बेरअघि सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ८ सय ५८ मत पाएकी छिन् । त्यस्तै, उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् ।

हालसम्म धरानमा २९ हजार ४६६ मतगणना भएको छ ।

सम्बन्धित समाचार

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो । मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण...

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्तः अर्थमन्त्री

काठमाडौं, फागुन २१–अर्थमन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन् । राष्ट्रियसभामा पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका डा.. खतिवडाले बुधबार अर्थमन्त्रीमा पुनः शपथ लिएका हुन् । शपथ लिएसँगै डा. खतिवडाले बुधबार नै पदभार ग्रहण गरेका...

प्रदेश १ को बजेट अधिवेशनका जेठ २४ गतेदेखि

विराटनगर, २० जेठ । प्रदेश १ को बजेट अधिवेशन २४ जेठदेखि सुरु हुने भएको छ । बिहिबार बसेको मन्त्री परिषद बैठकले २४ जेठ दुई बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आव्हान का लागि प्रदेश प्रमुख सोमनाथ...

कोरोना संक्रमणबाट बिहारका मन्त्रीको निधन

एजेन्सी, ३० असोज-भारतको बिहार सरकारका मन्त्री कपिलदेव कामतको निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर एक साता अघि पटनाको एम्स अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । पहिले देखि नै मिर्गौलाका...

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...

प्रहरी जवान मृत्यु प्रकरणमा छानविन समिति गठन

सुर्खेत, १ जेठ-प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएको सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना शंकास्पद भन्दै छानविनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)राजेश बाँस्तोलाको संयोजकत्वमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्